१२ असार २०८३, शुक्रबार

सिटी एक्सप्रेसद्वारा ५ जना लखपति विजेताको नाम घोषणा

कात्तिक २, २०७८
सिटी एक्सप्रेसद्वारा ५ जना लखपति विजेताको नाम घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाका ५ भाग्यशाली विजेताको नाम घोषणा गरेको छ 

योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएका सिटी एक्सप्रेसले जानकारी गराएको छ ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीको महान् चाड २०७८ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिनुका साथै हरेक महिना ५ जनालाई १/१ लाख रुपैयाँ गरी २ महिनासम्म १० जना लखपति बन्ने योजनामा रहेको छ ।

कम्पनीका अनुसार ‘सिटी आयो लखपति बनायो’ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत देश–विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् ।

उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्