×

अविरल वर्षाले क्षति भोगेका किसानलाई राहत दिन मौलिक जरोकिलो पार्टीको माग

कात्तिक २, २०७८

अविरल वर्षाका कारण भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसान मर्कामा परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ ।

बीउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै सड्ने समस्या पटक–पटक भोगेका नेपाली किसानले यसपटक पाकेको धानबाली भित्र्याउने बेला बेमौसमको वर्षाले गरेको क्षति सहनुपरेकोमा पार्टीले दुःख व्यक्त गरेको छ ।


Advertisment

खेतीपातीबाट जीविकोपार्जन गरिरहेका साना किसानहरू चरम आर्थिक संकटमा पर्ने र भोकमरी लाग्ने सम्भावना बढ्नसक्ने पार्टीले अनुमान गरेको छ ।


Advertisment

तंग्रिन थालेको अर्थतन्त्रलाई टेवा दिन र संकटमा परेका किसानको क्षतिपूर्ति बहन गर्ने राहत कार्यक्रम घोषणा गर्न मौलिक जरोकिलो पार्टीले सरकारसँग जोडदार माग गरेको छ । अधिकांश साना किसानको पहुँचमा कृषि बीमा नपुगेको हुँदा झनै संकट व्यहोर्नुपरेको भन्दै बीमालाई सहज र सुलभ बनाइ साना किसानहरूको पहुँचमा ल्याउने व्यवस्था गर्न जरोकिलोले सरकारसँग माग गरेको छ ।

मौलिक जरोकिलो पार्टीको कृषि विभाग संयोजक मित्रलाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समस्या परेपछि टालटुल किसिमको प्रतिक्रियात्मक रूपमा समाधान गरिने अहिलेको कृषि प्रणाली विस्थापन गरी पार्टीले निर्माण गरेको पर्यावरणीय कृषि नीतिको अवलम्बन नै नेपालको कृषि क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालिन समाधान र नेपालको कृषि क्षेत्रको पुनर्जागरणको एक मात्र उपाय हो ।’ 

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x