एमालेले चियापान नगर्ने

एमालेले चियापान नगर्ने

नेकपा एमालेले यस वर्ष पनि दशैं, तिहार, नेपाल संवत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ ।


Advertisement

कोरोना भाइरसको संक्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


Advertisement

यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो ।

गत वर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । कांग्रेसले २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।
 


Advertisement

कमेन्ट गर्नुहोस्