२३ असार २०८३, मंगलबार

उपत्यकाको ४२ प्रतिशत प्रदुषण निर्माण सामाग्रीबाट

कात्तिक २०, २०७४
उपत्यकाको ४२ प्रतिशत प्रदुषण निर्माण सामाग्रीबाट
काठमाडौँ, ७ असार- काठमाडौ उपत्यकामा निर्माण सामाग्रीबाट ४२ प्रतिशत प्रदुषण हुने गरेको छ । सडक विस्तार, खानेपानीका पाइप विछ्याउँने काम लगायतका घरनिर्माण कार्यबाट सबैभन्दा धेरै प्रदुषण हुने गरेको छ । वातावरण विभागद्धारा राजधानीमा आयोजित ‘काठमाडौँ उपत्यकाको वायू प्रदुषण नियन्त्रण’ कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

विभागले उपत्यकाको प्रदुषणको विषयमा विगत तीन महिना देखि अध्ययन गरिरहेको थियो । उपत्यकाको प्रदुषणको विषयमा अध्ययन गर्दा यातायत क्षेत्रबाट ३१ प्रतिशत, इट्टा भट्टाबाट ९ प्रतिशत र अन्य क्षेत्रबाट १८ प्रतिशत प्रदुषण हुने गरेको वातावरण मनिटरिङ स्पर्ट दिनेशप्रसाद साहले बताए । उपत्यकामा हुने ८० प्रतिशत प्रदुषण तत्काल नियन्त्रण गर्न सकिने प्रकृतिको भएको विज्ञहरुले दाबी गरे । यस्तो खालको प्रदुषण नियन्त्रण गर्न थोरै खर्च तथा कम समयमा नै स्वच्छ वातावरण बनाउन सकिने विज्ञहरुले दाबी छ ।

तर, २० प्रतिशत प्रदुषण भने लामो खोज अनुसन्धान गरेर मात्र नियन्त्रण गर्न सकिने प्रकृतिको भएको उनीरुहको ठहर छ । कार्यक्रममा विज्ञहरुले कार्ययोजनामा उपत्यकाको धुलो मेसिनले तान्नु पर्ने, पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय मापदण्डकोे हुनु पर्ने,२० वर्ष पुराना सबै गाडि हटाउनु पर्ने र इट्टा भट्टालाई आधुनिक रुपमा सञ्चालन गर्न निर्देशन दिनु पर्ने सुझाव दिए, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्