
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सप्तरी जिल्लामा निर्माणाधीन अधुरो सडकहरुलाई एक महिनाभित्र पूर्णता दिन निर्देशन दिएकी छन् ।
सप्तरीको राजविराजस्थित उद्योग वाणिज्य सङ्घमा आज सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले भौतिक पूर्वाधार विकासमा सप्तरी निकै पछाडि परेको भन्दै जीर्ण रहेको सडकहरु पुनः निर्माण चाँडो हुनुपर्नेमा जोड दिइन् ।
आफूले पाएको कार्यभारलाई इमान्दारीतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाउँदै सडकको दुर्दशाका कारण सप्तरीवासीले सास्ती खेप्दै आएकाले सडक चाँडो मर्मत हुनुपर्नेमा जोड दिइन् ।