०२ असार २०८३, मंगलबार

‘भाइरल रोड’ कटानपछि महाकाली नदी गाउँ पस्ने खतरा, वडाध्यक्षसहित १२ सय परिवार विस्थापित

कात्तिक ३, २०७८
‘भाइरल रोड’ कटानपछि महाकाली नदी गाउँ पस्ने खतरा, वडाध्यक्षसहित १२ सय परिवार विस्थापित
फोटो : रासस

महाकाली नदीमा आएको बाढीले ‘भाइरल रोड’ कटान गरिसकेपछि नदी गाउँ पस्ने खतरा रहेको छ ।

भीमदत्त नगरपालिकाको १३ नम्बर वडाका वडाध्यक्ष लालबहादुर शाहीले नदी र गाउँको बीचमा तटबन्धको समेत काम गर्ने ठानिएको भाइरल रोड पूरै कटान भइसकेकाले अब महाकाली गाउँ पस्ने खतरा रहेको जानकारी दिए ।

‘अब २–३ मिटर मात्रै कटान गर्न बाँकी छ भन्ने जानकारी आएको छ, म आफैं त्यहाँ जानसक्ने अवस्था छैन । महाकाली गाउँ पसेपछि ऐरी, ओदाली, पिपरैया र बडैपुर गाउँमा बाढी पस्नेछ,’ उनले भने ।

वडाध्यक्ष शाहीको परिवार नै विस्थापित भएर विद्यालयमा आश्रय लिन पुगेको छ । महाकाली नदीमा एक–डेढ लाख क्यूसेक पानी बगिरहेकाले सबै गाउँ पस्ने खतरा रहेको उनले बताए ।

क्षति न्युनीकरण गर्न प्रभावित हुनसक्ने गाउँका १२ सय बढी परिवारलाई पूर्ण मावि ऐरी, भागरथी प्रावि, सिद्धनाथ माविमा राखिएको शाहीले बताए । बाढीबाट महाकाली नदी किनारका १२ र १३ नम्बर वडा विस्थापित हुनसक्ने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्