नेपालमा २१ प्रतिशतले लगाए पूर्ण खोप

नेपालमा २१ प्रतिशतले लगाए पूर्ण खोप

नेपालमा  कोरोनाविरुद्धको  खोप  लगाउनेको  सङ्ख्या  एक करोड ५० लाखभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक करोड ५० लाख ४८ हजार २८८ जनाले खोप लगाइसकेका छन् । जसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक मात्रा  मात्रै लगाउनेको सङ्ख्या ८५ लाख ६२ हजार ३६५ छ ।


Advertisement

 यस्तै  नेपालको  कुल  जनसङ्ख्यामा  २१  प्रतिशतभन्दा  बढीले  पूर्ण  मात्रा  खोप  लगाइसकेका छन् भने २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् । १८ वर्षमाथिका लक्षित समूहमा ४३ प्रतिशतले कम्तीमा पहिलो डोज  र  ३२.६  प्रतिशतले  पूर्ण  डोज  खोप  लगाएका छन् । १५ वर्ष माथिका दुई करोड १७ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ । गोरखापत्रमा खबर छ ।


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्