यो वर्ष धान उत्पादनमा कमी आउने

यो वर्ष धान उत्पादनमा कमी आउने

बाढीपहिरोले धान बालीमा  पु-याएको  क्षतिका  कारण  यस  पटक धान  उत्पादनमा  कमी  आउने  देखिएको  छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा ६० लाख मेट्रिक टन  धान  उत्पादन  हुने  अनुमान  गरेकोमा  त्यो नपुग्ने भएको छ।


Advertisement

आव २०७७/७८ को ५६ लाख  मेट्रिक  टन  जति  पनि  नपुग्ने  देखिएको कृषि  मन्त्रालयले  जनाएको  छ।  ‘यो  प्रारम्भिक अनुमान  मात्र  हो’,  कृषि  मन्त्रालयका  वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मले भने, ‘अहिले सञ्चार माध्यममा आएको तथ्यांक र  हामीले  सोधखोज  गरेको  आधारमा  बुझ्दा यसपालि धान उत्पादनमा कमी आउनेछ।’ धान   उत्पादनमा   कमी   आउँदा   कुल गार्हस्थ्य  उत्पादनमा  पनि  असर  पर्ने  देखिएको छ।  गोरखापत्रमा खबर छ ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्