२७ असार २०८३, शनिबार

चितवनमा जन्मियो अचम्मको बच्चा

कात्तिक २०, २०७४
चितवनमा जन्मियो अचम्मको बच्चा
चितवन, १५ पुस–  भर्खरै  जन्मिँदै गरेको शिशुको तौल कति हुन्छ ? ३ किलो, ४ किलो या पाँच किलो । यदी तपाईँले यस्तै सोच्नु भएको छ भने तपाईँ गलत हुनुभयो ।  चितवनको भरतपुर अस्पतालमा अनौठो बालकको जन्म भएको छ ।strange child

भारत रक्सौल भेटही घर भएकी नरसिहं खातुनले शुक्रबार दिउँसो ११ बजे १० किलो तौल भएको बच्चाको जन्म दिएको अस्पतालले जनाएको छ ।
प्रसुति गराउन अस्पताल भर्ना भएकी खातुनले सहजै बच्चा जन्म गराउन नसक्ने अवस्या सृजना भएपछि अप्रेशन गरी टाउको निकै ठुलो भएको बच्चा निकालिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट रुद्र मरासेनीले जानकाररी दिए ।
१० किलो तौल भएको सो बच्चाको जिउ सामान्य छ भने टाउको निकै ठुलो रहेको उनले बताए ।

बच्चाको अवस्था सामान्य भएपनि आमालाई भने आईसुयुमा राखिएको बताइएको छ ।
अस्वाभाविक बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेहरुको भीड समेत बढेको छ ।
फोटो सौजन्यः प्रकाश सिग्देल

salt training

कमेन्ट गर्नुहोस्