०४ असार २०८३, बिहीबार

उत्तराखण्डमा कीर्तिमान वर्षा भएपछि ४६ जनाको मृत्यु

कात्तिक ३, २०७८
उत्तराखण्डमा कीर्तिमान वर्षा भएपछि ४६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा कीर्तिमान वर्षा भएपछि कुमाऊँ क्षेत्रमा विनाश मच्चिएको छ । 

वर्षाका कारण पर्यटकीय क्षेत्र नैनीतालमा धेरै असर परेको छ । 

विभिन्न नदीहरूमा जलस्तर बढेको छ । सयौं ठाउँमा पहिरो भएकाले घरहरू पुरिएका छन् र सडकहरू बन्द भएका छन् ।

कुमाऊँका डीआईजी नीलेश भरणेले बताए, ‘अहिलेसम्म ४६ जनाको मृत्यु भइसकेको छ । दुर्गम क्षेत्रहरूमा उद्धारकार्य जारी छ ।’

मृत्युसंख्या बढ्न सक्ने बताइएको छ । 

मंगलवार नैनीताल जाने सबै सडकहरू पहिरो खसेर आवागमन रोकिएको थियो । अहिले सबै सडक खोलिएको डीआईजी भरणेले बताए । 

उत्तराखण्डको मौसम विभागले दिएको जानकारी अनुसार, कुमाऊँ क्षेत्रमा विगत १२४ वर्षमै पहिलोपटक सबभन्दा धेरै वर्षा भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्