२५ जेठ २०८३, सोमबार

प्रधानसेनापति शर्मा र अष्ट्रेलियाली राजदूत भोल्कबीच भेटवार्ता

कात्तिक ३, २०७८
प्रधानसेनापति शर्मा र अष्ट्रेलियाली राजदूत भोल्कबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जाने भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । 

सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरूबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्