२३ जेठ २०८३, शनिबार

मनसुन सकिएपछि पनि अविरल वर्षा : बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ७७ पुग्यो, अझै २७ बेपत्ता

कात्तिक ३, २०७८
मनसुन सकिएपछि पनि अविरल वर्षा : बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ७७ पुग्यो, अझै २७ बेपत्ता

मनसुन सकिएपछि भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर बुधवार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । 

सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालीकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

उनका अनुसार बाढीरपहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता छन् । 

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । 

सरकारले बाढी पहिरोबाट मृत्यु हुनेका परिवारलाई दुई लाख रूपैयाँ दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने तीन लाख दिइने छ । 

आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्