०९ असार २०८३, मंगलबार

नाइजेरियामा ५० बन्दुकधारी मारिए

कात्तिक ३, २०७८
नाइजेरियामा ५० बन्दुकधारी मारिए

द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० बन्दुकधारी मारिएका छन् ।    देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।   

    नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले संयुक्त कारबाही अभियान चलाइरहेका बेला उनीहरूको मृत्यु भएको जनाइएको छ ।

    काडुना राज्यको अन्तरिक सुरक्षा तथा गृह मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही गरेको उल्लेख छ ।

    घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको मन्त्रालयले दाबी गरेको छ । उनीहरू माथि हवाई र स्थलगत दुवै माध्यमबाट आक्रमण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्