३१ जेठ २०८३, आइतबार

७ जिल्लाको विद्युत् सेवा अवरुद्ध

कात्तिक ३, २०७८
७ जिल्लाको विद्युत् सेवा अवरुद्ध

लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि सात जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

दुहवी ग्रिड भएर प्रवाह भएको विद्युत् बिहीबारसम्ममा मात्र सञ्चालन हुने प्राधिकरण दुहवी वितरण शाखा प्रमुख रामउदगार साहले जानकारी दिए । पानी जमेकाले विद्युत् आउने सम्भावना तत्काल कम रहेको र बिहीबारसम्ममा आउने उनले जानकारी दिए ।

ग्रीडमा पानी पसेका कारणले  सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, खोटाङ र झापासहितका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । त्यसैगरी अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सवस्टेसन डुबानमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्