×

NMB BANK
NIC ASIA

बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

कात्तिक ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आइतबारदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।

Muktinath Bank

मनसुनपछिको वर्षाले बाढीपहिरोमा परी आइतबारयता मात्र ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँका अनुसार बाढीपहिरोमा परी २७ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । महाशाखाका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरमा पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । डोटीमा १२ जनाको पनि पहिरोले ज्यान लिएको पाण्डेले जानकारी दिइन्। त्यस्तै पहिरोबाट कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरमा एक, बझाङमा दुुई, हुम्लामा छ, सोलुखुम्बुमा एक र धनकुटामा सात जनाको मृत्यु भएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी बाढीले बगाएर प्युठानमा एक, मोरङमा एक र उदयपुरमा दुुई जनाको मृत्यु भएको छ । बझाङको भेल पहिरोमा परेर अझै २१ जना हराइरहेका छन् । त्यस्तै इलामको पहिरोमा तीन, जुम्ला र प्युठानको बाढीमा तीन जना हराइरहेका छन् । पछिल्लो विवरणअनुसार आइतबार यता प्रदेश १ मा मात्र बाढीपहिरोले ५० जनाको ज्यान लिएको छ । यसअघि मनसुनको अवधिमा बाढीपहिरोले १२६ जनाको ज्यान लिएको थियो ।

Vianet communication
Laxmi Bank

बाढीपहिरोका कारण देशका विभिन्न ११ जिल्लाका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् । केहीमा एकतर्फी सञ्चालनको प्रयास भएको छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x