१२ असार २०८३, शुक्रबार

एक्कासी नेपालमा किन भयो भारी वर्षा ? यसो भन्छन् मौसमविद्

कात्तिक ४, २०७८
एक्कासी नेपालमा किन भयो भारी वर्षा ? यसो भन्छन् मौसमविद्

तीनवटा मौसम प्रणाली जुध्दा नेपालमा मनसुनपछि अत्यधिक भारी वर्षा गराएको मौसमविद्हरूले बताएका छन् ।

शनिबार रातिदेखि सक्रिय भएको वर्षाको मौसमी प्रणाली बिहीबारदेखि सुधारोन्मुखतर्फ अग्रसर हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।

उनका अनुसार सुदूूरपश्चिम तथा पश्चिमी भेगमा वर्षा हुने क्रम रोकिएको छ । पूर्वतर्फ पनि बुधबार साँझदेखि कम हुँदै गएको छ । उहाँले बिहीबारदेखि हल्का रूपमा कतैकतै वर्षा भए पनि भारी वर्षाको सम्भावना कम रहेको जानकारी दिए।

तर बुधबारसम्मको अविरल वर्षाले पूर्वी तराईका धेरै भेगमा डुबान, बाढी तथा पहिरोको जोखिम भने टरिनसकेको उनले बताए। उनले अबको चार÷पाँच दिन वर्षा गराउने प्रणाली नरहेको समेत स्पष्ट पारे।  गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्