१५ असार २०८३, सोमबार

बाढीपीडितको उद्धार तथा पुन:स्थापनामा तत्काल लाग्न शेखरद्वारा सरकारको ध्यानाकर्षण

कात्तिक ४, २०७८
बाढीपीडितको उद्धार तथा पुन:स्थापनामा तत्काल लाग्न शेखरद्वारा सरकारको ध्यानाकर्षण
फाइल फोटो

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बाढी, पहिरो र डुबानपीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन र पुन:स्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश जारी गर्दै कोइरालाले लेखेका छन्–

'विगत ३ दिनदेखि परेको अविरल वर्षाले देशमा धनजनको ठूलो क्षति हुन पुगेको छ । खासगरी किसानहरूले पाकेको धान भित्र्याउन नसकेर ठूलो क्षति व्यहोरेका छन् । सरकारले अति वर्षाबाट प्रभावित परिवारको राहत, उद्धार र पुन:स्थापनामा यथाशीघ्र काम गरोस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।'

दशैंलगत्तैको अविरल वर्षाका कारण देशभरमा धान खेतीमा ठूलो क्षति पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्