०२ असार २०८३, मंगलबार

इँटाले हानेर मान्छे मार्‍यो बाँदरले

कात्तिक ४, २०७८
इँटाले हानेर मान्छे मार्‍यो बाँदरले

भारतको राजधानी दिल्लीमा एक भवनको दोस्रो तल्लाबाट इँटा हानेर बाँदरले मान्छे मारेको छ । 

मोहम्मद कुर्बान नामक ३० वर्षीय व्यक्तिको टाउकोमा बाँदरले हानेको इँटा बज्रिएपछि मृत्यु भएको हो । 

कुर्बानले उक्त क्षेत्रमा झोला बेच्ने गरेका थिए । इँटा लाग्नेबित्तिकै उनी ठाउँको ठाउँ ढलेका थिए । उनलाई अस्पताल लग्दा चिकित्सकहरूले मृत घोषित गरेका थिए । 

पानीको ट्यांकीको बिर्को बाँदरहरूले नखोलून् भनी भवनका मालिकले दुईवटा इँटा बिर्कोमाथि राखेको प्रहरीले पायो । 

बाँदरहरूले दुईटै इँटा हटाएर एउटा कुर्बानमाथि बजारे अनि अर्को चाहिँ नजिकैको छततर्फ हुर्‍याए । 

salt training

कमेन्ट गर्नुहोस्