
पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कूल ८ हजार ५४९ जनामा कोरोना परीक्षण गर्दा आरटी–पीसीआर विधिबाट ४७० र एन्टिजेन विधिबाट ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार कोरोनाले थप ८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कूल मृतकको संख्या ११ हजार ३२६ पुगेको छ ।
बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको मन्त्रालयले जनाएको छ ।
