×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषदको निर्णयमा काठमाडौं महानगर र ट्राफिक महाशाखाकै अवरोध

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ७ असार– भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने सरकारको निर्णयमा उक्त निर्णय कार्यान्वयन गर्ने स्थानीय तह र ट्राफिक प्रहरीले नै अवरोध सृजना गरेका छन् । २ वर्षअघि तत्कालिन मन्त्रीपरिषद्ले गरेको निर्णय कार्यान्वयनको चरणमा रहँदा कार्यान्वयन इकाईले नै त्यसमा असहमति जनाएका हुन् ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई १ हजार ५ सय ट्याक्सी वितरण गर्ने निर्णय जेठ २८ गते बसेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको थियो ।

विभिन्न अवरोधका कारण ट्याक्सी वितरणको काम रोकिँदै आएकामा यातायात व्यवस्था विभागले बुधवारदेखि ट्याक्सी नम्बर वितरण थालेको छ ।

विभागले सरकारको निर्णय लागू गर्ने प्रयास गरिरहँदा त्यसको कार्यान्वयन गर्ने स्थानीय तह र ट्राफिक प्रहरीले असहमति जनाएका हुन् ।

‘काठमाडौंमा नयाँ ट्याक्सी थप्न सकिँदैन’

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले काठमाडौं महानगरमा नयाँ ट्याक्सी थप्न नसकिने बताइन् । काठमाडौं महानगर नगर कार्यपालिकाको मंगलवार बसेको बैठकले काठमाडौं महानगरमा भूकम्पपीडितको ट्याक्सी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

‘हालकै स्थितिमा काठमाडौं महानगरमा १ हजार ५ सय ट्याक्सी थप्न सकिन्न,’ काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) हरीप्रभा खड्गी (श्रेष्ठ)ले लोकान्तरसँग भनिन्, ‘यस विषयमा निर्णय भइसकेको छ, अब हामी निर्णय कार्यान्वयनको तहमा जान्छौं ।’ काठमाडौंमा सवारी चाप बढी भएका कारण एकैपटक ठूलो संख्यामा अतिरिक्त सवारी थप्न नसकिने महानगरपालिकाको तर्क छ ।

‘सवारी संख्या अत्यधिक भएका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भइरहेको स्थितिमा ठूलो संख्यामा थप्न लागिएको नयाँ सवारीले थप अस्तव्यस्त बनाउने भएकाले यस्तो निर्णय गरेका हौं,’ उपमेयर खड्गीले भनिन्, ‘बरु भूकम्पीडितका ट्याक्सी सम्बन्धित जिल्लामै चलाउन दिनु उचित हुन्छ ।’

‘ट्राफिक थप अस्तव्यस्त हुन्छ’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी मिङमार लामाले पनि काठमाडौंमा नयाँ सवारी थप्दा ट्राफिक व्यवस्था थप भद्रगोल हुने बताए । ‘सडकको संख्या कहिल्यै नबढ्ने, तर सवारी संख्या थप्ने क्रममात्र देखियो, यसले ट्राफिक व्यवस्था सुध्रिन सक्दैन,’ डीआईजी लामाले भने । ठूलो संख्यामा ट्याक्सी थप्दा ट्राफिक थप अस्तव्यस्त हुने उनले बताए ।

‘सरकारको निर्णय कार्यान्वयन गरिएको हो’

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने विभागले ट्याक्सी वितरण शुरु गरिसकेको बताउँदै उक्त प्रक्रिया नरोकिने बताए । विभागले सरकारको निर्णय कार्यान्वयनमात्र गरेको उनले बताए ।

‘विभागले आफ्नो इच्छाले यो निर्णय गरेको होईन,’ विभागका प्रवक्ता पाण्डेले भने, ‘हामीले सरकारको निर्णय कार्यान्वयन गरेकाले यस विषयमा केही भन्न सक्दैनौं ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x