२३ असार २०८३, मंगलबार

ललितपुरमा केटीहरुबीच कुटाकुट, छुरा प्रहारबाट एकजना घाइते

कात्तिक २०, २०७४
ललितपुरमा  केटीहरुबीच कुटाकुट, छुरा प्रहारबाट एकजना घाइते

काठमाडौं, ७ असार– ललितपुरको सातदोवाटो चोकमा युवतीहरुको समूबीच कुटाकुट भएको छ । कोपिला गिरी र सलिना राई समूहबीच सडकमै झगडा भएको हो ।

काठमाडौंको बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुको समूहले काभ्रेको बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथी आक्रमण गरेको हो । सलिना र कोपिलाबीच पुरानो विवाद रहेको जनाइएको छ ।

सलिनाको समूहले कोपिलालाई छुरा प्रहार गरेको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

कोपिलाको अवस्था गम्भीर रहेको जनाइएको छ । छुरा प्रहारबाट कोपिला बेहोस अवस्थामा छिन् । प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्