मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
तिहार सबै नेपालीको साझा रमाइलो पर्व हो । दशैंभन्दा पनि तिहार रुचाउने र रमाइलो मान्ने धेरै छन् ।
तिहार झिलिमिली बत्तीले मात्र रमाइलो भाएको होइन । तिहारको झिलिमिली परिकार मिठाइका कारण पनि रमाइलो हुन्छ । फूल र रंगको पनि आफ्नै महत्त्व छ ।
रंगरंगका मिठाइ र परिकार पस्केर दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाउँछन् । सेलरोटी, फिनीरोटी, निम्की, ठेकुवा, पत्रेरोटी, अनारसा, लड्डु, पेडा, गुलाबजामुन, बर्फी, रसबरी, रबडी, कुराउनी, खिर, चाम्रे, बुन्दी, ढकनी जस्ता मौलिक परिकार तिहारमा धेरै नेपालीले पस्कने चलन छ तर हामीले यहाँ चर्चा गर्न लागेको भने झिनियारोटी र पातेरोटीको हो । यी दुवै रोटी तिहारका विशेष परिकार हुन् र दुवै चामलबाट नै बन्छन् ।
झिनियारोटीलाई सिन्कामरी या सिन्कारोटी भनेर पनि चिनिन्छ । झिनियारोटी नूडल्स जस्तै देखिन्छ र विभिन्न रंगमा किन्न र आफैं बनाउन पनि सकिन्छ । पातेरोटी भने पापड जस्तै हुन्छ र विभिन्न रंगरंगमा बनाउन सकिन्छ । झिनियारोटी र पाते दुवै तेल या घ्यूमा फ्राई गरेर सर्भ गर्ने हो ।
सप्तरंगी टीकाजस्तै झिनियारोटी र पातेरोटी दुवै कलरफूल हुने हुँदा तिहारमा भाइटीकाका लागि धेरैको रोजाइमा पर्छ ।
झिनियारोटी बनाउन चाहिने सामग्रीः
चामलको पिठो १ किलोग्राम, नून डेढ चिया चम्चा, पानी आवश्यता अनुसार, फूड कलर पिन्च (आफ्नो इच्छा अनुसार रातो, हरियो, पहेलो, प्याजी कुनै पनि प्रयोग गर्न सकिन्छ), तेल फ्राई गर्न आवश्यकता अनुसार ।
झिनियारोटी बनाउने विधिः
चामललाई आधा घण्टा भिजाएर २ घण्टा घाममा सुकाउने र मसिनो हुने गरी ग्रयान्ड गर्ने । पिठोलाई राम्ररी चालेर एक साइडमा राख्ने । एउटा कराइ या डेक्चीमा एक लिटर जति पानी उमाल्ने र नून र आफूले चाहेको फूड कलर हाल्दिने । हल्का चामलको पिठो छर्किदिने र पानी उम्लनासाथ बाँकी पिठो हालेर ढिडो पकाएझैं हुडाल्ने । यसरी कुकडो तयार भएपछि हल्का चिसो हुन दिने र साँचोमा हालेर चाउमिनझै प्रेस गरेर एउटा ठिक्क प्लेटमा तेल दलेर जम्मा गर्ने । २ या ३ दिनसम्म घाममा या पंखामा सुकाउनुपर्छ । राम्ररी सुकेपछि मज्जाले तातेको तेलमा फ्राई गर्ने । गुलियो खान मन हुनेले आईसिङ सुगर या सुगर सिरप छर्केर सर्भ गर्न सकिन्छ ।
पातेरोटी बनाउन चाहिने सामग्रीः
झिनियारोटी बनाउन कुटेको पिठो आधा किलोग्राम, पानी आवश्यकताअनुसार (झिनियारोटीलाई भन्दा दोब्बर), केराको पात या बटर पेपर १ पात/ १ सिट, फूड कलर पिन्च, तेल फ्राई गर्न आवश्यकता अनुसार ।
पातेरोटी बनाउने विधिः
पिठोलाई पातलो हुने गरी मुछ्ने, इच्छाअनुसार फूड कलर हाल्ने र भिन्नभिन्न कलरको ब्याटर तयार गर्ने । केराको पात या बटर पेपरको सिटमा गोलो हुने गरी ब्याटर फिजाउने । तातेको तावामा छोपेर एकछिन पकाउनासाथ पापड जस्तो हुन्छ । केही समय घाम या पंखामा सुकाएर मज्जाले तातेको तेलमा फुराउने र भाइटीकाको भागमा हालेर टीकामा प्रयोग गर्न सकिन्छ ।
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...