१२ असार २०८३, शुक्रबार

कांग्रेसका मुख्यमन्त्री बिजुलीको तार जोड्न पोलमा चढेपछि ...

कात्तिक ६, २०७८
कांग्रेसका मुख्यमन्त्री बिजुलीको तार जोड्न पोलमा चढेपछि ...

बिजुलीको तार जोड्ने काम सरकारी प्राविधिकले गर्छन् । तर कहिलेकाहीँ असामान्य अवस्था पनि देख्न/सुन्न पाइन्छ ।

भारतको पञ्जाबका मुख्यमन्त्री चरणजीतसिंह चन्नी बिजुलीको तार जोड्न आफैं पोलमा चढेका छन् । समयमै विद्युत् महशुल नतिरेको भन्दै विद्युत् विभागले लाइन काटिदिएको खबर सुनेका मुख्यमन्त्री चन्नीले आफैं आएर तार जोडेका हुन् ।

पञ्जाब प्रदेश कांग्रेस सेवा दलको फेसबूक पेजमा शेयर गरिएको तस्वीरमा लेखिएको छ, ‘बिजुलीको बिल बक्यौता भएपछि विभागले एक किसान परिकारको लाइन काटिदिएको थियो । पञ्जाब सीएम चन्नी साहेबले आफ्नै हातले पुनः लाइन जोडिदिए ।’ मुख्यमन्त्री चन्नी भारतीय कांग्रेस पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्