१२ असार २०८३, शुक्रबार

टाटा ‘पन्च’ ले पायो सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप फाइभ-स्टार

कात्तिक ६, २०७८
टाटा ‘पन्च’ ले पायो सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप फाइभ-स्टार

टाटा ‘पन्च’ ले सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप फाइभ–स्टार पाएको छ । यो भनेको टाटाका गाडी सुरक्षाका दृष्टिले अब्बल छ भन्नु हो । 

यसअघि पनि टाटा नेक्सन र टाटा अल्ट्रोजले ग्लोबल एनक्याप फाइभ–स्टार पाइसकेका छन् । 

समाचारअनुसार सुरक्षा परीक्षणमा ४ वटा कारले फाइभ–स्टार रेटिङ पाएका छन् । तीमध्ये ३ वटा कार टाटाका उत्पादन हुन् । 

आफ्ना कारहरूलाई आकर्षक सुविधासहित समसामयिक बनाउँदै नयाँ–नयाँ भेरियन्ट पस्किरहने सदावहार सिद्धान्त बोकेको टाटा मोटर्सले जनाएको छ । 

टाटा अल्ट्रोजले नेसनल लन्चको बेलामै फाइभ–स्टार ग्लोबल एनक्याप एडल्ट रेटिङ पाएको थियो । 

‘टाटाका उत्पादनहरू सुरक्षाका दृष्टिले सर्वश्रेष्ठ रहेको पछिल्लो कडी बनिदियो– टाटा ‘पन्च’ । खासमा ‘पन्च’ लाई टाटाले भारत र नेपालको सबैभन्दा सुपथ मूल्यको एसयुभीको रूपमा स्थापित गर्न सक्छ । यो अर्को महत्वपूर्ण पक्ष हो,’ टाटाले आफ्नो वक्तव्यमा भनेको छ । 

फाइभ–स्टार र फोर–स्टार पाउनका लागि मोटर्स कम्पनीहरूले निकै मिहिनेत गर्ने गर्छन् । तर, सबै कम्पनी आफ्ना सबै उत्पादनमा सफल हुन्छ भन्ने छैन । ‘टाटा मोटर्सले भने सुरक्षाका मामिलामा एकपछि अर्कोमा उच्च सफलता प्राप्त गर्नुले कम्पनीका लागि मात्रै होइन, उपभोक्ताहरूका लागि पनि भरपर्दो खुसी दिएको छ,’ टाटाले भनेको छ । 

साथै सुरक्षाका मापदण्डका आधारमा उत्कृष्ट ८ कारहरूमध्ये ६ वटा कार टाटाका मात्रै उत्पादनहरू रहेको टाटा मोटर्सको दाबी छ । 

सुरक्षाका दृष्टिले टाटाका अरू ३ वटा भेरियन्टले फोर–स्टार पाएका छन् । टाटा टियागो, टाटा टिगोर र टाटा टिगोर–इभीले पनि फोर–स्टार पाएको टाटाले जनाएको छ ।  

‘टाटाका ३ भेरियन्टले फाइभ–स्टार र ३ भेरियन्टले फोर–स्टार पाएसँगै अग्रपंक्तिका ८ कारमध्ये ६ वटामा टाटाले कब्जा जमाएको छ,’ टाटाले उल्लेख गरेको छ, ‘यी आँकडाले टाटाका कारहरू सुरक्षा परीक्षणमा माइलस्टोन साबित भएका छन् ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्