२६ जेठ २०८३, मंगलबार

एमालेले गर्‍यो देशभरका वडा अधिवेशन उद्घाटन

कात्तिक ६, २०७८
एमालेले गर्‍यो देशभरका वडा अधिवेशन उद्घाटन
फाइल तस्वीर।

एमालेले देशभरका वडामा एकै पटक अधिवेशन उद्घाटन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने उद्देश्यले एमाले अघि बढिरहेको बताएका छन् । 

आधारभूत संगठनको रुपमा रहेको वडा संगठनको अधिवेशन एकै पटक उद्घाटन गरेको छ । 

एकताबद्ध एमालेले मात्रै यस्तो काम गर्न सम्भव रहेको र आज त्यही काम सम्पन्न भएको ओलीले बताए । 

केही दिन अघिको घनघोर वर्षाका कारण प्रभावित भएर रोकिएको ठाउँको वडा अधिवेशन केही दिनमै सम्पन्न हुने उनले बताए ।

अहिले अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सबै वडा अधिवेशनलाई सम्बोधन गरिरहेका छन् । 

अधिवेशनबाट ६ हजारभन्दा बढी वडाले नयाँ नेतृत्व पाउनेछन् । 


 

salt training

कमेन्ट गर्नुहोस्