×

NMB BANK
NIC ASIA

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

‘सबै वडामा सर्वसम्मतिमा नेतृत्व चयन गर्नू’

कात्तिक ६, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् । 

Muktinath Bank

शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो ।’ 

Vianet communication

गठबन्धन दलले संवैधानिक संस्थाहरूमाथिको विश्वास कमजोर पारेको उनले आरोप लगाए । 

‘विभिन्न सट्टापट्टाका कुराहरू सुनिरहेका छौं । जसले संस्था, प्रक्रियामाथिको विश्वास कमजोर पार्छ र विस्तारै सिंगै प्रणालीमाथिको विश्वास कमजोर पार्छ । त्यसबाट हामी अलग रहन खोज्छौं,’ ओलीले भने । 

सम्बोधनको क्रममा ओलीले भने, ‘प्रतिगामी शक्ति गठबन्धनको नाममा आएको छ । यसले देशलाई अस्थिरतमा धकेल्ने, स्वेच्छाचारीता र मनपरीतन्त्र राज्यतहबाटै गर्ने देखिएको छ । अहिले भइरहेका गतिविधिहरू प्रतिगामी  गतिविधि हुन् । पाँच दलीय भनिएको प्रतिगामी गठबन्धन हो । कम्युनिष्ट आन्दोलन र सरकार ढाल्ने, जनविरोधी र दिशाहीन गतिविधि गरिरहेको छ ।’ 

पराजित हुँदै गएका शक्तिहरू एकजुट भएर एमालेमाथि आइलाग्ने प्रयासमा रहेको र आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर सबै वडामा उनीहरूलाई पराजित गर्ने गरी तयारीमा लाग्न उनले निर्देशन दिएका छन् । 

‘सर्वसम्मतिमा नेतृत्व चयन गर्नू’

देशभरका करीब ६ हजारभन्दा बढी वडामा एकै पटक उद्घाटन भएको वडा अधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्न ओलीले निर्देशन दिएका छन् । 

ओलीले विधान महाधिवेशनले सर्वसम्मतिको बाटो तय गरेकाले त्यसैअनुसार नेतृत्व चयन गर्न भनेका हुन् । 

एमालेको आधारभूत संगठनमा रहेको करीब ६ हजारभन्दा बढी वडा कमिटीले अधिवेशनमार्फत नयाँ नेतृत्व पाउँदै छ । 

भर्चुअल सम्बोधनमा उनले भने, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति लिएका छौं । विवेकको प्रयोगबाट साझा स्वीकार्यता पनि प्रतिस्पर्धा हो । प्रतिस्पर्धा भनेको दौड मात्रै होइन । लोकतान्त्रिक अभ्यासमा यसलाई पनि सामेल गरेर गएका छौं । सम्पूर्ण रुपमा लोकतन्त्र तर, त्यसमा विवेकहीन, अुनशासनहीन लोकतन्त्र होइन ।’

एमालेको प्रथम विधान महाधिवेशन सर्वसम्मतिमा सफल भएको र वडा अधिवेशनमा पनि त्यसको स्पिरिट कायम गर्न ओलीले भनेका हुन् । ‘विधान महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधि सहभागी भए । ग्रुप छलफलहरू भए । त्यसको निष्कर्ष प्रस्तुत भए । कसैले पनि विपरीत खालको कुरा राखेनन् । सर्वसम्मतिमा महत्त्वपूर्ण दस्तावेज पारित भए । वडा अधिवेशनमा पनि त्यसको स्पिरिट कायम रहोस्,’ ओलीले भने । 

नेतृत्व विकास, कार्यदक्षता र समावेशी सहभागिताको सन्दर्भमा वडा अधिवेशनको विशेष महत्त्व रहेको उल्लेख गर्दै ओलीले वडा कमिटीहरू जननिर्वाचित संस्थासँग जोडिएकाले पनि त्यसको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

लोकतान्त्रिक पार्टी भन्नेहरू नै महाधिवेशन गर्न नसकेर वर्षौं अलमलिइरहेको भन्दै ओलीले एमाले लोकतान्त्रिक प्रणालीको डिजाइनर भएको दाबी गरे । उनले भने, ‘लोकतन्त्र हाम्रो आदर्श हो हाम्रो आस्था हो । लोकतन्त्र अरूले स्थापना गरिदिएको र हामीले स्वीकारेको होइन । लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने डिजाइनर हामी हौं ।’

अहिले पनि एमाले सबै ठाउँमा मजबुत शक्ति भएको र एमालेको गणना एक नम्बरमा नै हुने उनले बताए । 

‘आज पनि सबै ठाउँमा सबैभन्दा मजबुत शक्ति हौं । स्थानीय तहमा पनि अरूभन्दा ठूलो शक्ति हौं । हाम्रो गणना एक नम्बरमै हुन्छ । हामी देशको प्रमुख पार्टी एमाले हो,’ ओलीले भने, ‘आगामी निर्वाचनबाट पनि थप शक्तिशाली बनाउने योजनामा छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x