२६ जेठ २०८३, मंगलबार

‘जनताको अकाङ्क्षा कांग्रेसले पूरा गर्छ’

कात्तिक ६, २०७८
‘जनताको अकाङ्क्षा कांग्रेसले पूरा गर्छ’

परराष्ट्रमन्त्री डा नारायण खड्काले जनताको अकाङ्क्षा नेपाली कांग्रेस पार्टीले मात्र पूरा गर्नसक्ने दाबी गरेका छन् । कांग्रेस सुनसरी बराहक्षेत्र नगरपालिका–१ ले आज चतरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री खड्काले भने, “अब जनताको अकाङ्क्षा पूरा गर्नका लागि कांग्रेस आवश्यक छ ।”

केन्द्रमा जुन गुट भए पनि त्यसको छायाँ पर्न दिन नहुनेमा जोड दिँदै उनले विभाजित भयो भने आउने निर्वाचनमा कांग्रेसले हारको सामना गर्नुपर्नेतर्फ सचेत गराए । आउने निर्वाचनमा कांग्रेस जिते मात्र देश र जनताले जित्ने भन्दै कांग्रेसलाई जिताउन सबैलाई मन्त्री खड्काले आग्रहसमेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्