२३ जेठ २०८३, शनिबार

दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप

कात्तिक ६, २०७८
दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप

दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन् ।

सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ । कतिपय अवस्थामा “कोरोनासँगै जीउन सिकौँ” भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन् । सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ ।   

दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्