×

NMB BANK
NIC ASIA

साप्ताहिक राशिफल : २०७८ कार्तिक ७ देखि कार्तिक १३ सम्म

कात्तिक ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

धार्मिक, आध्यात्मिक प्रवृत्तिका मानिसहरूसँग केहि समय बिताउँदा मन खुशी हुनेछ । आर्थिक स्थितिमा  सुधार रहनेछ । भूमि -जग्गा लिने सोचलाई स्थगित गर्दा नै उचित रहनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

नियम, अनुशासनमा बसेर काम गर्दा फाइदा मिल्नेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । यो हप्ता विबादमा नपर्नुहोला । आफ्नो राम्रो छवि पनि बिग्रनसक्ने सम्भावना छ । आँटेको काम बन्नेछ साथै मनोरञ्जनका साथ दिन बित्नेछ ।  दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ । नया काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ ।

Vianet communication
Laxmi Bank

मिथुन

आफ्नो वोलीको प्रभाव कम रहला, आफ्नो पैसामा अरुले गलत प्रयोग गर्लान, आर्थिक कारोवार नगर्दा नै उत्तम रहनेछ, आफ्नो घरेलु बाद- विवाद गोप्य  राख्नुहोला अरुहरु केवल रमिते मात्रै हुनेछन् । सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतहरू बड्नाले मन प्रसन्न रहला । प्रेम सम्बन्धमा विश्वासको मात्रा बड्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ ।

कर्कट

वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।  प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै तर्कमा परेर कठोर टिप्पणीबाट बच्नुहोस । कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्य धन कमाउने अवसर जुट्नेछ ।  शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ ।  प्रशस्त धन लाभ हुनेछ ।

सिंह

अगाडी राम्रो समय आउँदैछ भनेर खुसी हुनुहोस्, तपाईलाई अतिरिक्त उर्जा प्राप्त हुनेछ । यो हप्ता आफ्नो जोडीले हजुरलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउन सक्ने छन् । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।  शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि फाइदा होला ।

कन्या

धन प्राप्तीको योग छ, आफन्तजनहरूले माया ममता दर्साउन सक्नेछन्  । जीवन-साथीसँग वार्तालापमा ध्यान  दिनुहोला, दाम्पत्य जीवनमा दरार हुनसक्नेछ । ठुला मान्यजनको मार्गनिर्देशनले जीवनमा सफलता मिल्नेछ ।  मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ ।

तुला

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पिडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने हप्ता छ । स्वस्थ्ययमा सुधार हुने भयकोले नया काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ ।

वृश्चिक

जिबनलाई एक महत्वपूर्ण  परिभाषा दिनुहोला,  अनावश्यक समयलाई बर्बाद बनाएर उर्जाशिल समय ब्यर्थमा नफाल्नु होला  ।  रचनात्मक काममा लाग्नु होला । हप्ता  राम्रै बित्ला । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आसा र भरोसापनि तपाइ प्रतिरहनेछ । हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव  हुने देखिन्छ ।

धनु

यो हप्ता सामान्य नै रहेको छ । अध्ययन- अध्यापन क्षेत्रमा रोकावट हुनेछ ।  पठन-पाठनमा विद्यार्थीवर्गहरुले बिशेष ध्यान दिनुहोला । दिन निराशाजनक रहने छ  ।  बोल्दा धेरैकामहरु सहज हुनेछन । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । समय सुखमय बित्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । ठूलाव्यक्तिहरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।

मकर

सवारीसाधनमा नयाँठाउँ घुम्न जान पाइने छ ।  यात्रागर्दा आफ्नो सामानको रक्षा गर्नुहोला,  हराउनसक्ने योग छ ।  धार्मिक, सामाजिक कर्ममा मनअग्रसर भइनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोग र नयाँमित्रको आगमनले  अन्तत मन प्रसन्न हुनेछ, अन्य विविध फाइदा पनि हुन सक्छ । कुराकाटनेहरु प्रसस्थ  बढनेछन ।

कुम्भ

साझेदारी ब्यापारमा लाभ देखिन्छ । व्यक्तिगत सम्बन्धमा अप्ठ्यारो महसूस हुन सक्छ ।  सतर्क रहेर सम्बन्धको गहिराइलाई बुझ्नुहोला । तपाईंको जोडी यो हप्ता तपाईंको स्वास्थ्यलाई लिएर असंवेदनशील हुन सक्नुहुन्छ । पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी  र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

मीन

विवाद चर्किन सक्ला । बोलीलाई संयमित राखेर कार्य बढ्दा बुद्धिमता रहला । झगडा हुनाले आफ्नो छवि ओरालो लागेको महसूस हुन सक्छ । परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्नेछ  पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ । अनावस्यक झमेलामा परिएला ।  केही हानि हुनसक्छ, सावधान रहनु होला । चोटपटकको भय पनि छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x