२७ असार २०८३, शनिबार

अस्थायी शिक्षकको अनसनमा राजपाका नेताहरुको ऐक्यवद्धता

कात्तिक २०, २०७४
अस्थायी शिक्षकको अनसनमा राजपाका नेताहरुको ऐक्यवद्धता

काठमाडौँ, ७ असार– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाएका छन् ।

सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र दुवै जनाले सकारात्मक जवाफ दिएका बताए। सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्