२६ जेठ २०८३, मंगलबार

लक्ष्यभन्दा २२ प्रतिशत बढी राजस्व संकलन

कात्तिक ७, २०७८
लक्ष्यभन्दा २२ प्रतिशत बढी  राजस्व संकलन

लगातार ६ वर्षदेखि सरकारले दिएको राजस्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा भने हरेक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गर्न सफल भएको छ। मुलुकको प्रमुखस्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय यसअघि मधेस आन्दोलन, नाकाबन्दी र कोरोना महामारी र लकडाउनका कारण ६ वर्ष लगातार राजस्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको थियो।

तर चालू आर्थिक वर्षका साउन, भदौ र असोजमा वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेको छ।  चालू आर्थिक वर्षको गत असोज महिनामा वीरगन्ज भन्सारले लक्ष्यभन्दा २२ प्रतिशत बढी  अर्थात् लक्ष्यभन्दा ३ अर्ब ७६ करोड ५९ लाख ६० हजार रुपैयाँ बढी राजस्व संकलन गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ।

salt training

कमेन्ट गर्नुहोस्