०४ असार २०८३, बिहीबार

हाकिमको घरमा भात पकाउँदै अनुसन्धानका कर्मचारी

कात्तिक २०, २०७४
हाकिमको घरमा भात पकाउँदै अनुसन्धानका कर्मचारी
काठमाडौं, १६ पुस– राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का कर्मचारीहरु हाकिमको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।rice_1
सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरुले गुप्तचरहरुलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ ।
नियमअनुसार विभागका कर्मचारीलाई सूचना संकलन बाहेक अन्य कुनै काममा पठाउन नपाइने प्रावधान छ । तर, सोर्सफेर्स र दबाबको भरमा उनीहरुलाई हाकिमको घरमा कामदारका रुपमा खटाइने गरिएको हो ।
विभागको प्रमुखबाट देविराम शर्माले अवकाश पाएको आठ वर्ष भइसकेको छ । तर उनको घरमा विभागका कर्मचारी रामनाग चौधरी घरेलु कामदारका रुपमा कार्यरत छन् । चौधरीजस्तै धेरै कर्मचारी हाकिमको घरमा भाग पकाउँदै आएको समेत समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्