काठमाडौं, ७ असार– १२ वैशाख २०७२ को विनासकारी भूकम्प पश्चात उद्दारका क्रममा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनाको कदर गर्दै नेपाली सेनाले ‘वीरता पदक’ प्रदान गरेको छ ।
भूकम्पमा परेकाको उद्दारका क्रममा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा ६ जना अमेरिकी सहित दुई नेपाली सैनिक अधिकारीले ज्यान गुमाएका थिए ।
जङ्गी अड्डामा बुधवार आयोजित कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले अमेरिकी सेनाले भुकम्प पछिको उद्दारका क्रममा पुर्याएको योगदान स्वरुप नेपाल स्थित अमेरिकी दुतावासका सैनिक सहचारी ग्रेगोरी डी पाइप्सलाई ‘वीरता पदक’ हस्तान्तरण गरेका हुन् ।
यस्तै २०७३ सालमा नेपाल सरकारले नेपाली सेनाका रथीवृन्द, अधिकृत, अन्यदर्जा तथा कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जालाई प्रदान भएको विभूषण, अलङ्कार तथा पदकहरु पनि प्रधान सेनापति क्षत्रीले वितरण गरे ।