२६ जेठ २०८३, मंगलबार

सीके राउतद्वारा आन्दोलनको घोषणा

कात्तिक ७, २०७८
सीके राउतद्वारा आन्दोलनको घोषणा

मधेस केन्द्रीत राजनीति गर्दै आएका डा सीके राउत नेतृत्वको जनमत पार्टीले पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले भ्रष्टाचारविरुद्ध पहिलो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको हो ।

राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्नेलगायत तय गरिएको छ ।
राउतले विज्ञप्तिमार्फत आन्दोलनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्