३२ असार २०८३, बिहीबार

आर्यन खान केसमा चर्कियो मुसलमान र पिछडिएको जातिको राजनीति

कात्तिक ८, २०७८
आर्यन खान केसमा चर्कियो मुसलमान र पिछडिएको जातिको राजनीति

मुम्बईको एक विलासी क्रुज जहाजमा पक्राउ परेका आर्यन खान र उनलाई पक्राउ गर्ने नार्कोटिक्स कन्ट्रोल ब्युरोका अधिकारी समीर वानखेडेको धर्म तथा जातिका विषयमा राजनीति शुरू भएको छ । 

नेताहरूको बयान हेर्दा यस विषयमा राजनीतिक ध्रुवीकरण शुरू भएको देखिएको छ । एनसीबी र केन्द्रमा सत्तारूढ भाजपा एकातर्फ छन् भने शिवसेना, एनसीपी र कांग्रेस अर्कातर्फ छन् । 

महाराष्ट्रको सत्तारूढ महा विकास अघाडीका नेताहरू एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेविरुद्ध दिनदिनै नयाँनयाँ भिडियो ल्याइरहेका छन् । शाहरुख खानका छोरा आर्यनलाई यस केसमा फसाइएको दाबी उनीहरू गरिरहेका छन् । 

उनीहरूले यसलाई मुस्लिम अल्पसंख्यकविरुद्धको कारवाहीका रूपमा प्रस्तुत गरिरहेका छन् । उता भाजपाको सहयोगी दल रिपब्लिकन पार्टी अफ इन्डियाका नेता तथा केन्द्रीय सामाजिक न्याय मन्त्री रामदास आठवलेले वानखेडे पिछडिएको जातिका मानिस हुनाले उनलाई तारो बनाइएको भनी आइतवार बयान दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्