११ असार २०८३, बिहीबार

४ डीएसपीको काज सरुवा, राजनीतिक पहुँच पुर्‍याएर दरबारमार्ग आए विश्वराज खड्का

कात्तिक ८, २०७८
४ डीएसपीको काज सरुवा, राजनीतिक पहुँच पुर्‍याएर दरबारमार्ग आए विश्वराज खड्का

प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ ।

प्रहरी हेडक्वार्टरले आइतवार अर्को आदेश नभएसम्मका लागि भन्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारका तनहुँका ठगबहादुर केसीलाई इलाका प्रहरी कार्यालय बुटवल र बुटवलका डीएसपी मदन कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । 

डीएसपी कुँवरलाई प्रधान कार्यालयले ४ महिनामा तानेको हो । डीएसपी विश्वराज खड्कालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा ल्याइएको छ ।

कारवाहीमा परेका डीएसपी खड्कालाई राजनीतिक पहुँचको भरमा प्रहरी प्रधान कार्यालय नमान्दा-नमान्दै पनि उनी त्यहाँ ल्याउन बाध्य भएको स्रोतले बतायो । दरबारमार्गका रामेश्वर पौडेलको प्रहरी एकेडेमी काज सरुवा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्