२५ जेठ २०८३, सोमबार

सुडानका प्रधानमन्त्रीलाई सेनाले गर्‍यो घरैमा नजरबन्द

कात्तिक ८, २०७८
सुडानका प्रधानमन्त्रीलाई सेनाले गर्‍यो घरैमा नजरबन्द

सुडानमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकलाई घरैमा नजरबन्द गरेको अल–हदत टीभीले समाचार दिएको छ । सेनाले देशको नागरिक नेतृत्वका कतिपय सदस्यलाई पनि हिरासतमा लिएको छ । 

सोमवार एकाबिहानै सैनिक बलले प्रधानमन्त्रीको घर कब्जामा लिएर उनलाई घरैमा नजरबन्द गरेको हो । 

उद्योगमन्त्री इब्राहिम अल–शेख र सुडानको राजधानी खार्तुमका गभर्नर आयमान खालिदलाई पनि हिरासतमा लिइएको बताइएको छ । 

गत महिना कूको प्रयास विफल भएपछि सैन्य तथा नागरिक समूहहरूका बीचको तिक्तता बढेको छ । लामो समय शासन चलाएका ओमार अल–बशिरलाई सत्ताबाट हटाइएपछि सेना र नागरिक नेतृत्वले सत्ता साझेदारी गरिरहेका थिए । 

सन् २०१९ मा महिनौंसम्म चलेको सडक प्रदर्शनपछि अल–बशिर सत्ताच्युत भएका थिए । उनी हटेपछि बनाइएको संक्रमणकालीन सरकारले सन् २०२३ को अन्त्यसम्ममा निर्वाचन गराउने लक्ष्य लिएको थियो । 

राजधानी खार्तुममा इन्टरनेट तथा सञ्चारका अन्य माध्यमलाई बन्द गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्