०४ असार २०८३, बिहीबार

कुन हाकिमको घरमा कति गुप्तचर ?

कात्तिक २०, २०७४
कुन हाकिमको घरमा कति गुप्तचर ?
काठमाडौं, १६ पुस– राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का कर्मचारीहरु हाकिमको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
स्रोतका अनुसार विभागका प्रमुख दिलीप रेग्मी र एआईजीहरुले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरमा काम लगाउँदै आएका छन् ।
अनुसन्धान विभागका पूर्वप्रमुख मोती गुरुङको घरमा विभागका कर्मचारी काम गर्छन् ।
यसैगरी पूर्वप्रमुख हरिबाबु चौध्री, गोविन्द थापा, विष्णुराज पन्त, अशोक देव भट्टको घरमा पनि एक–एक जना अनुसन्धानका कर्मचारी घरेलु कामदारका रुपमा कार्यरत छन् ।
पूर्वडीआईजी सुखचन्द्र झाको घरमा दुईजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्