हरेक धर्मको आफ्नो आफ्नो परम्परा र रीती रिवाज हुन्छ । यसमध्ये एक रिवाज कुनै व्यक्तिको मृत्यु भएपछि मृत शरीरको नष्ट गर्ने प्रकृया । यो प्रक्रिया हरेक धर्म मा अलग अलग तरीकाबाट गरिने गरिएको छ ।

मुस्लिम तथा इसाई धर्ममा शव गाड्ने गरिन्छ भने हिन्दू धर्म मा शव जलाउने गरिन्छ । तर तपाईलाई जानकारी छ कि छैन आखिर हिन्दू धर्ममा किन शवलाई जलाइन्छ ? यसको पछाडि के मान्यता छ ?
अंतिम संस्कार को प्रक्रियाहिन्दू धर्ममा १६संस्कार रहेका छन् । र, मृत्यु संस्कार अन्तिम संस्कार हो । अंतिम संस्कार अर्थात दाह संस्कार । दाह संस्कार मा मृत व्यक्तिको शरीरलाई उठाएर शमशान लगिन्छ र फेरि उक्त शवलाई विधि विधानका साथ अग्निदाह गरिने गरिन्छ ।
शवदाह पूरा भएसँगै मृतकको अस्थिलाई कुनै पवित्र नदीमा गाड्ने वा बगाउने गरिन्छ । आमरुपमा अस्थि गंगा मा बगाउनुलाई ज्यादा शुभ मानिन्छ ।
दाह–संस्कार को कारण?वास्तवमा हिन्दू धर्म मा मृत्युलाई जीवन को अन्त्य मानिर्दन । एक जीवन समाप्त भएपछित्यस व्यक्ति को आत्मा उक्त शरीर बाट छुटेर कुनै नयाँ रूप तथा शरीर मा धारण हुन्छ या उसको मोक्ष हुन्छ भन्ने मान्यता छ ।
जस कारण दाह संस्कार को रिवाज गरिने गरिएको छ । शास्त्रमा वर्णन गरिए अनुसार जब सम्म मृत व्यक्तिको शरीर को अंतिम संस्कार गरिदैन तब सम्म उसलाई मोक्ष मिल्दैन ।
शास्त्रमा यो पनि लेखिएको छ कि मानव शरीर पञ्च तत्वबाट बनेको छ । पाच तत्व पृथ्वी, जल, अग्नि, वायु तथा आकाश रहेका छन् । धर्म शास्त्रका अनुसार मृत व्यक्तिको शरीरलाई जलाएपछि शरीर यी पाँच तत्वमा विलीन हुन जान्छ । र, आत्मालाई मुक्ति मिल्छ ।