काठमाडौं, १६ पुस– एमालेको भातृ संगठन युवा संघको कार्यकर्ताले शुक्रबार नयाँ वानेअश्वर नजिकै एक सरकारी गाडीमा आगजनी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
अर्को एक गाडीमा तोडफोड गरिएको छ । अल्फाबिटा हाउसनजिकै बा२झ १३९२ नम्बरको गाडीम आगजनी गरिएृको हो ।
गाडी जलाइएपछि एमालेको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । एमालेकै नेताहरुले समेत घटनाको विरोध गरेका छन् । नेताहरु रविन्द्र, अधिकारी रामकुमारी झाँक्रीलगायतले आगजनीको विरोध गरेका हुन् ।