काठमाडौं, ७ असार– १२ वैशाख २०७२ को भूकम्पबाट घरबास गुमाएका पीडितहरुले ट्याक्सी नम्बर पाएका छन् ।

आवेदन संकलन गरेको झण्डै एक वर्षपछि यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण गरेको हो ।
ट्याक्सी वितरणका लागि आह्वान गरिएकोभन्दा धेरै बढी आवेदन परेकाले विभागले गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण गरेको हो ।
ललितपुरको च्यासल फुटबल मैदानमा आज पहिलो चरणमा आज विभागले काभ्रे, नुवाकोट र रामेछापका भूकम्पपीडितलाई गोलाप्रथाका आधारमा नम्बर वितरणको हो ।
भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सीका लागि सरकारले नै सहुलियत दरमा कर्जाको समेत व्यवस्था गरेको छ ।
तर भूकम्पपीडितले पाउने नयाँ ट्याक्सी भने काठमाडौं महानगरपालिका क्षेत्रमा चलाउन पाउने छैनन् । काठमाडौं महानगरपालिकाले थप नयाँ ट्याक्सी चलाउन नदिने निर्णय गरेको हो ।
विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाएका छन् ।
यसैबीच विभागले बिहीबार दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितका लागि छुट्याइएका ५१३ ट्याक्सी नम्बरको गोलाप्रथा द्वार वितरण गर्ने भने भने शुक्रबार काठमाडौँ, भक्तपुर, ललितपुर मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई वितरण गरिनेछ ।
सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितका लागि १ हजार ५ सय ट्याक्सी नम्बर वितरण गर्ने निर्णय गरेको थियो ।
सरकारले गरेको निर्णय अनुसार विभागले गत वर्ष साउन ५ गतेदेखि भदौ २ गतेसम्म ट्याक्सी नम्बर दर्ताका लागि आवेदन संकलन गरेको थियो । १ हजार ५ सय ट्याक्सी नम्बरका लागि १ लाख ८४ हजारले आवेदन दिएका थिए ।
विजेताको नामावली