२० असार २०८३, शनिबार

युवराज फिलिप अस्पतालमा

कात्तिक २०, २०७४
युवराज फिलिप अस्पतालमा

लन्डन, ७ असार - बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना भएका छन् ।

शरीरमा सङ्क्रमण भएको कारण पूर्वसावधानी अपनाउन र आवश्यक उपचार गराउने प्रयोजनका लागि उनलाई लन्डनको किङ्ग एड्वार्ड सातौँ नामक स्थानीय अस्पतालमा भर्ना गरिएको बकिङ्घम राजप्रासादले बुधबार जानकारी दिएको छ ।

पहिलेको तुलनामा उनको स्वास्थ्यमा सङ्क्रमण बढेको पाइएपछि अस्पताल भर्ना गरिएको दरबार स्रोतले जानकारी दिएको छ । युवराज फिलिपले यसै वर्षको अन्त्यसम्ममा आफूले बहन गरिरहेको सार्वजनिक दायित्वबाट मुक्त हुने घोषणा गरिसकेका छन् ।

त्यस्तै, आजै सुरु हुन लागेको यसपालिको संसदको सत्रको उद्घाटन समारोह र रोयल एस्कोट हर्स रेस अश्वारोहण कार्यक्रममा स्वयम् उपस्थित हुनुहुने महारानी एलिजाबेथ सँगसँगै युवराज फिलिप पनि उपस्थित हुने कार्य तालिका निश्चित गरिएको थियो ।

युवराज फिलिप अस्वस्थ भएका कारण उनको सट्टा अब राजदम्पतिका पुत्र नवयुवराज चाल्र्सले आफ्नी आमा महारानी एलिजाबेथसँगै उपस्थित हुनेछन् ।philip

salt training

कमेन्ट गर्नुहोस्