२७ जेठ २०८३, बुधबार

पाल्पाको रिब्दीकोटमा अनौठो तालमेलः गणतन्त्र, राजतन्त्र र संघीयताका परस्पर विरोधी एकै ठाउँमा

कात्तिक २०, २०७४
पाल्पाको रिब्दीकोटमा अनौठो तालमेलः गणतन्त्र, राजतन्त्र र संघीयताका परस्पर विरोधी एकै ठाउँमा
रिब्दीकोट (पाल्पा), ८ असार — असार १४ को लागि तय गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पाल्पाको रिब्दीकोट गाउँपालिकामा अनौठो तालमेल भएको छ । एजेण्डाका हिसावले परस्पर विरोधी मानिने नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको हो ।

गणतान्त्रिक व्यवस्थामा संघीयताको घोर विरोध गर्ने जनमोर्चा, राजावादी राप्रपा र गणतन्त्रको पक्षधर माओवादी केन्द्रबीचको गठबन्धन तथा नेकपा एमाले र कांग्रेसको एकल उम्मेदवारीले यहाँको चुनावी माहोल ह्वात्तै बढेको छ ।palpa 1

माओवादी, राप्रपा र जनमोर्चा गठबन्धनबाट रिब्दीकोट गाउँपालिकामा माओवादीका लिला कार्कीले प्रमुखमा उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा राप्रपाका भोजेन्द्र बहादुर कुँवरले उम्मेदवारी दिएका छन् । यस्तै सोहि गठबन्धनबाट जनमोर्चाका तिलक गाहा मगरले ४ नम्बर वडामा उम्मेदवारी दिएका छन् ।

यस्तै एक्लाएक्लै उम्मेदवारी दिएका एमालेबाट प्रमुखमा नारायण जिसी र कांग्रेसको तर्फबाट गोविन्द आचार्यले उम्मेदवारी दिएका छन् ।

गाउँपालिकामा तीन दलको गठबन्धन र एमाले र कांग्रेस एक्लाएक्लै भिडिरहँदा यहाँको चुनावी माहोल तातिएको छ भने चिया पसलदेखि, मेलापात र चौतारीसम्म कसले जित्दा भन्नेमा केन्द्रीत रहेर चर्चा परिचर्चा हुने गरेको छ । यसो त उम्मेदवारहरुले पनि घरदैलो अभियानदेखि प्रचारप्रसारका अभियानलाई तीब्र पारेका छन् ।

चुनाव आउन मात्रै ६ दिनमात्रै बाँकी रहेको बेला माओवादी केन्द्र पाल्पाका नेता  नेत्र पाण्डेले पार्टीका उम्मेदवार लिला कार्कीको रिब्दीकोटमा जित सुनिश्चित भएको दाबी गरे ।

तर नेपाली कांग्रेस रिब्दीकोट ४ का बडा अध्यक्षका उम्मेदवार गोविन्द पोखरेलले गठबन्धन नै अपवित्र रहेको भन्दै कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे । ‘गणतन्त्रवादी, राजतन्त्रवादी र संघीयताविरोधीबीचको गठबन्धन आफैंमा अपवित्र गठबन्धन हो’, उनले भने, ‘यस्तो गठबन्धनमा जनताले विश्वास गर्दैनन् । यहाँ कांग्रेसबाहेक कसैले जित्दैन ।’

यस्तै नेकपा एमाले रिब्दीकोट गाउँपालिका बडा नम्बर ४ का उम्मेदवार दुर्गा प्रसाद खनालले माओवादी, राप्रपा र जनमोर्चा कमजोर भएकाले गठबन्धन बनेको भन्दै तीन पार्टी मिलेपनि जित एमालेकै हुने दाबी गरे । उनले भने, ‘जतिसुकै तालमेल भएपनि जनता एमालेकै पक्षमा छन्, एमालेले लिएको राष्ट्रियताको अडान र ५ नम्बर प्रदेश टुक्र्याउन नहुने अडानका कारण जनता एमालेको पक्षमा छन् ।’palpa

प्रतिश्पर्धी पार्टीले आ—आफ्नो पक्षमा माहोल रहेका बताइरहेपनि चुनाव कसले जित्छ भन्नेमा असार १४ सम्म कुर्नु नै पर्नेछ तर यहाँ परस्पर विरोधी एजेण्डा बोकेका पार्टीबीच नै भएको तालमेलले भीडन्त भने रोचक बन्ने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्