२५ जेठ २०८३, सोमबार

ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनिया विरुद्धको खोप

कात्तिक १२, २०७८
ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनिया विरुद्धको खोप

ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनिया विरुद्धको खोप दिइने भएको छ ।

मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन खोप दिन लागिएको हो ।

७४ वर्ष उमेरका व्यक्तिलाई आइतवारदेखि बुधवारसम्म पहिलो चरणको खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए । उनले भने, ‘यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।’

पहिलो दिन सो खोप ७ वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी गराए ।

सोमवार ललितपुरका ८ वटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनाका साथै मंगलवार ७ वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधवार ७ वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । ललितपुरका २९ वडामा ४ दिन खोप चल्ने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्