
अमेरिकाको एक स्कुलमा एक शिक्षकले विद्यार्थीहरूसँग अश्लील नाच गरेका छन् ।
डेलि मेलको एक रिपोर्ट अनुसार, यो घटना केन्चुकीस्थित हैजर्ड हाई स्कुलमा भएको हो ।
जहाँ स्कुलको छात्राहरूले उत्तेजक पहिरन लगाएका थिए । ती छात्राहरूले शिक्षकको काखमा बसेर अश्लिल नाच (लेप डान्स) गरेको बताइएको छ ।
यसको केही तस्वीर स्कुलको फेसबूक पेजमा शेयर गरिएको थियो । त्यसपछि यो घटना भाइरल भएको हो ।
घटनामा स्कुलका प्रिन्सिपल डोनाल्ड मोबलिनी समेत सहभागी थिए ।
घटनापछि प्रिन्सिपलको विरुद्धमा विवाद शुरू भएको छ । स्थानीयहरूले ्प्रिन्सिपल डोनाल्डले विद्यार्थीहरूकै अगाडि रक्सी पिएको समेत आरोप लगाएका छन् ।