२३ जेठ २०८३, शनिबार

ट्याङ्की खन्दा विद्यालयभित्र भेटियो ऐतिहासिक सम्पदाका अवशेष

कात्तिक १२, २०७८
ट्याङ्की खन्दा विद्यालयभित्र भेटियो ऐतिहासिक सम्पदाका अवशेष
फाइल तस्वीर

विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ ।

भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालिन ईटा ( टेपु ल्हाँे, चिकं अप्पा (तेलीय इँटा), फ अप्पा, दाँची अप्पा)ले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको हो । 

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त स्थानको अवलोकन गर्नुभएको छ । नगरप्रमुख प्रजापतिले उक्त विद्यालयका विद्यार्थी  तथा  प्रअ सर्जनी जोशीसँग भेट गरी तत्कालका लागि ट्याङ्की बनाउन र अन्य संरचना निर्माण नगर्न निर्देशन दिएका छन् ।

    भेटिएका पुरातात्विक अवशेषको विज्ञद्वारा अनुसन्धान गराउनाका साथै सम्पदा संरक्षणका लागि निर्माण कार्यलाई रोक्न आग्रह गरिएको उनको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्