२३ जेठ २०८३, शनिबार

११ लाख उत्पादनहरूमा ५ करोडको छुटको साथ ११.११को लागि तयारी गर्दै दराज

कात्तिक १२, २०७८
११ लाख उत्पादनहरूमा ५ करोडको छुटको साथ ११.११को लागि तयारी गर्दै दराज

नेपालको र विश्वको सबैभन्दा ठूलो अनलाइन शपिंग फेस्टिभल ११.११ को अहिले धमाधम तयारी भइरहेको छ ।

११ लाख उत्पादनहरूमा ५ करोडको छुटसहित दराजले ११. ११ को चौथो संस्करण  २५ कार्तिक ११ नोभेम्बर २०२१)मा शुरू हुने घोषणा गरेको छ।

दशैं धमाका अभियानको सफलता लगायत, दराजले निर्बाध रूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ र यो भव्य अवसरको लागि तयारी गर्न दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलि १४००+ नयाँ कर्मचारी, कस्टूमर केयर एजेन्ट र १००० डेलिभरी हिरोजहरू भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको कम्पनीले जनाएको छ।

यस वर्षको ११.११मा ११ लाख भन्दा बढी उत्पादनहरू प्रस्तुत गर्ने तथ्यलाई ध्यानमा राख्दै कम्पनीले देशभरका ४७ भन्दा बढी शहरहरूमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नको लागि १००० भन्दा बढी डेलिभरी सवारी साधनहरू थप गर्नु साथसाथै ७ लजिस्टिक पार्टनर्सहरुसंग साझेदारी गरी आफ्नो शिपिंग क्षमता पनि बढाएको छ। 

अभियानका लागि दराजको लजिस्टिक तयारीबारे बोल्दै दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले भने, 'वर्षभरि हामीले हाम्रा सबै ग्राहकहरू र विक्रेताहरूको लजिस्टिक अनुभव कसरी बढाउन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गर्दै आएका थियौं। हामीले विस्तार, स्वचालन, निरन्तर प्रक्रिया अनुकूलन र सिकाइ र विकास जस्ता लजिस्टिक सञ्चालनका मुख्य पक्षहरूलाई प्राथमिकता दियौं। र अब हामी वर्षको सबैभन्दा ठूलो बिक्री अभियानको लागि पूर्ण रूपमा तयार छौं। हाम्रो परिचालन क्षमताको सर्तमा भने, हामीले पहिले नै हाम्रो भर्ती प्रक्रिया राम्रोसँग सुरु गर्यौं ताकि हामीले आवश्यक तालिम पहिले नै उपलब्ध गराउन सकौं। हाम्रा स्रोतहरू अब पूर्ण रूपमा निपुण छन् र हामी ११.११ को समयमा निर्बाध ग्राहक र विक्रेता अनुभव प्रदान गर्न पुरा रुपमा तयार छौं।'

दराजले यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको जनाएको छ ।

विगत एक वर्षमा दराजले आफ्नो डेलिभरी गति सुधार गर्न, डेलिभरी स्थानहरू वृद्धि गर्न, एसएमईहरूको उत्थान गर्न, लाइभ स्ट्रिमिङ मार्फत नयाँ नवीन अनुभवहरू सिर्जना गर्न, ग्राहकहरूलाई रिवार्ड पोइन्टहरू प्रदान गर्न, र गठबन्धनहरू बनाउनमा ठूलो लगानी गरेको छ।

साथै पछिल्ला केही वर्षहरूमा सम्पूर्ण ईकमर्स इकोसिस्टम विकास गर्न दराजले थुप्रै ब्रान्ड, मिडिया, डेलिभरी र पेमेन्ट पार्ट्नर्सहरुसंग साझेदारी गर्दै आएको कम्पनीले जनाएको छ। यसरी, दराज विश्वास गर्दछ की देशभरका प्रयोगकर्ताहरूका लागि अनलाइन किनमेलको अनुभव बढाउने वर्षभरको प्रयासको मूर्त स्वरूप यस वर्षको ११.११ अभियान हुनेछ।
 

salt training

कमेन्ट गर्नुहोस्