०५ साउन २०८३, मंगलबार

इजलास बहिस्कार गरेका न्यायाधीशहरूको बैठकमा बन्दीप्रत्यक्षीकरण मुद्दा सुनुवाइ गर्ने सम्बन्धी छलफल

कात्तिक १२, २०७८
इजलास बहिस्कार गरेका न्यायाधीशहरूको बैठकमा बन्दीप्रत्यक्षीकरण मुद्दा सुनुवाइ गर्ने सम्बन्धी छलफल

सर्वोच्च अदालतमा इजलास बहिस्कार गरेर छलफलमा जुटेका न्यायाधीशहरूको बैठकमा बन्दीप्रत्यक्षीकरण र थुनुवासम्बन्धी मुद्दाको सुनुवाइ गर्ने विषयले प्रवेश पाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर पाँच दिनदेखि सर्वोच्चका न्यायाधीशहरूले कुनै पनि मुद्दाको सुनुवाइ गरेका छैनन् । 

न्यायाधीशहरूको बैठकमा बिदामा रहेका दुई जना न्यायाधीशहरू अनिल सिन्हा र सपना प्रधान मल्ल आइतवार आइपुग्ने र उनीहरूसमेतको सहभागितामा थप निर्णय गर्ने सहमति बनेको एक न्यायाधीशले लोकान्तरलाई बताए ।

प्रधानन्यायाधीशको राजीनामा मागिरहेका १५ जना न्यायाधीशलाई विपक्षी बनाएर परमादेशको आदेश माग गरी सर्वोच्च अदालतमा  रिट निवेदन दर्ताका लागि पेश भएको छ ।  उक्त रिटमा न्यायाधीशहरूले इजलास बहिस्कार गरेर बन्दीप्रत्यक्षीकरण र थुनुवासम्बन्धी मुद्दाको समेत सुनुवाइ नगरेर मानव अधिकार हनन गरेको आरोप लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्