
विगत ११ बर्ष पहिले निर्माण टिमसँग साधारण मनमुटाव भएर कान्तिपुर टेलिभिजनबाट प्रशारण भएकाे टेलिश्रृखंला 'हर्के हल्दार' छाेडेर 'डिट्ठा साब' निर्माण गरेर आफ्नाे कलाकारिता,निर्देशन र लेखनमा दक्ष किशोरमा भण्डारी'डिट्ठा साब' पुनः 'हर्के हल्दार'मा पुरानै चरित्र र जिम्मेवारी लिएर फर्किएका छन् ।
उनीसँगै उनका जाेडी रेश्मा तिमल्सिना 'बुनुमैचा' पनि फर्केकी छिन्।
७७ भाग सम्म हर्के हल्दारमा रहेर बाहिरिएका डिट्ठा/बुनुमैचा ५२१ भागमा पुन समेटिएका छन्।
'हर्के हल्दार टिममा आफ्नाे कला मेहनतको सहि मूल्याकन हुने पक्का भएर फर्किएकाे भण्डारीले बताएका छन्।
हर्केका प्रमुख पात्र बिष्णु सापकाेटाले शुरूकाे बेलाका सदस्यहरु टिममा भित्र्याउन पाउँदा हर्के हल्दारकाे प्रस्तुती अझै उच्च काेटीकाे हुने बताए ।
हर्केमा 'बाटुली' राेशनी सपकाेटाकाे पनि पुनः प्रवेश भएकाे छ ।
अन्य कलाकारहरूमा सुरेन्द्र के.सी.'मुला साग', विनाेद परियार, सुशीला निराैला 'बिमली', शिबहरी बैरागी, ईन्द्र व्दाेङ 'खम्बे' शान्ती बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गिरी लगायतका अभिनयमा प्रवेश पाेखरेलकाे छायाङ्कन, सञ्जय लामाकाे शृङ्गार, राजकाे सम्पादन, निर्देशन सहयाेगी भद्र भुजेलकाे रहेकाे हर्केकाे निर्देशन इन्द्र व्दाेङ लामा 'खम्बे'काे सहभागिता रहेकाे छ।
हर्के हल्दार कान्तिपुर टेलिभिजनमा हरेक आइतवार राती ९:०० बजे प्रसारण हुँदै आएकाे छ ।