×

NMB BANK
NIC ASIA

गाउँघरमा नयाँ खबर दिन कटुवालकै भरमा

कात्तिक १३, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ ।

Muktinath Bank

लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन्, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।


Advertisment
Nabil box
Kumari

गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको कार्यक्रमबारे नयाँ सूचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई सूचना दिने मान्छे अर्थात् कटुवाल हुन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि गाउँका वासिन्दालाई सामूहिक रूपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेकाले यस प्रथाको महत्त्व रहँदै आएको छ । 

Vianet communication

घाम्राङ गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाह लगायतका शुभकार्यमा स्थानीयलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिस्थिति अनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैंसी लेकमा लैजाने बेंसीमा राख्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताए ।

गुरुङले भने, ‘गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।’
 
वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनको भनाइ छ । गुरुङले गत मंसिर महिनाबाट यस गाउँमा सूचना दिने काम अर्थात् कटुवालको काम गर्दै आएका छन् । वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उनको भनाइ छ ।

उनले भने, ‘यस गाउँमा मात्र नभई घाम्राङगाउँ आसपासका घिचे, घाम्राङबेंसी, साल्मे लगायतका गाउँमा समेत कटुवाल कराएरै खबर पुर्‍याउने गरेको छु ।’ गाउँमा जे जस्तो खबर गर्नुपरे पनि ती गाउँमा आफैं खटिँदै आएको उनले बताए ।

ती गाउँमा सूचना दिनका लागि गाउँका चौतारोदेखि अग्लो डाँडा तथा थुक्कोमा बसेर उर्दी गरेपछि गाउँलेले थाहा पाउने गरेको उनले सुनाए ।

यसरी नै कटुवाल कराएर गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी हुँदै आएको छ । कटुवाल कराएबापत उनले गाउँलेबाट सामूहिकरूपमा वार्षिक ५ मुरी धान, १ मुरी कोदो पाउँछन् । बर्सेनि गाउँमा सभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ ।

काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्ने गरिन्छ । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन र परिवारको गुजारा चल्छ । वडाध्यक्ष गुरुङका अनुसार यहाँ प्रत्येक मंसिर महिनामा कटुवाल चुन्ने गरिन्छ । 

गाउँमा प्रायःजसो सबैको हातहातमा मोबाइल सेट र इन्टरनेट छ, यसैको माध्यमबाट संसारको खबर प्राप्त गर्ने गरे पनि गाउँका खबर भने कटुवालमार्फत थाहा पाउँदै आएको स्थानीय गमप्रसाद गुरुङले बताए । उनले भने, ‘यहाँ परम्पराको चलन कायम रहेकाले यसलाई बचाउनका लागि पनि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ ।’

यी गाउँबाहेक पनि जिल्लाका कतिपय गाउँमा अझै पनि कटुवाल प्रथा कायमै रहेको बताइएको छ । – जनक श्रेष्ठ/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x